नेपालको बैंकिङ क्षेत्रमा पछिल्ला दुई दशकमा आएको परिवर्तनको केन्द्रमा छ, ग्लोबल आइएमई बैंक लिमिटेड । २०६४ सालमा ‘सबैका लागि बैंक’ भन्ने नारासहित स्थापना भएको यो संस्था आज नेपालको मात्र होइन, सम्पूर्ण दक्षिण एशियाली क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने सामर्थ्य बोकेको आधुनिक वित्तीय संस्था बनिसकेको छ ।
यस बैंकको सफलताको सबैभन्दा ठुलो कारण हो, अध्यक्ष चन्द्रप्रसाद ढकालको दूरदर्शी नेतृत्व र रणनीतिक सोच । उनको अगुवाइमा ग्लोबल आइएमई बैंकले नेपालको बैंकिङ परिदृश्यमा आधुनिकता, समावेशीकरण र विश्वासको नयाँ अध्याय लेखेको छ ।
गाउँ–गाउँसम्म बैंकिङ पहुँचको सञ्जाल
स्थापना भएको केही वर्षमै बैंकले नेपालका सबै ७७ वटै जिल्लामा शाखा विस्तार गरी राष्ट्रिय बैंकिङ इतिहासमा कीर्तिमान बनायो । सहरदेखि दुर्गम गाउँसम्म पुग्न सफल ग्लोबल आइएमईले वित्तीय समावेशीकरणलाई व्यवहारमा उतार्ने पहिलो निजी बैंकको मान्यता पाएको छ ।
हाल बैंकसँग देशभर ३५२ शाखा, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ केन्द्र, ६८ एक्सटेन्सन काउन्टर र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय सञ्चालनमा छन् । यी सञ्जालमार्फत बैंकले देशभरका करिब एक हजारभन्दा बढी सेवा केन्द्रबाट लाखौं नेपाली ग्राहकसम्म सेवा पुर्याइरहेको छ ।
यस व्यापक सञ्जालका कारण ग्लोबल आइएमई ग्रामीण अर्थतन्त्रलाई औपचारिक बैंकिङ प्रणालीमा ल्याउने मुख्य संस्था बनेको छ ।
मर्जरको शक्ति
ढकालको नेतृत्वमा ग्लोबल आइएमईले नेपालको बैंकिङ क्षेत्रमै सबैभन्दा ठूलो मर्जर इतिहास निर्माण गरेको छ । बैंकले २१ भन्दा बढी वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन गर्दै आफ्नो पूँजी, ग्राहक आधार र सेवा क्षमता अत्यधिक विस्तार गरेको छ । यस प्रक्रियामा कमर्स एण्ड ट्रस्ट बैंक, जनता बैंक नेपाल र पछिल्लो पटक बैंक अफ काठमाडौंसँगको मर्जरले बैंकलाई नेपालकै सबैभन्दा ठूला निजी वाणिज्य बैंकमा परिणत गरेको छ ।
यी मर्जरहरूले केवल शाखा संख्या बढाएका होइनन्, संस्थागत दक्षता, प्राविधिक नवप्रवर्तन र सेवाको पहुँचमा गुणात्मक सुधार ल्याएका छन् ।
अन्तर्राष्ट्रिय पहिचान र गौरव
ढकालको रणनीतिक नेतृत्वमा ग्लोबल आइएमई बैंकले नेपालको बैंकिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको छ । अमेरिकास्थित प्रतिष्ठित ग्लोबल फाइनान्स म्यागेजिनले २०२४ र २०२५ मा लगातार दोस्रो वर्ष यस बैंकलाई “नेपालको उत्कृष्ट बैंक” घोषणा गर्यो ।
त्यसअघि, सन् २०१४ मा द बैंकर म्यागेजिनले “बैंक अफ द इयर” उपाधि प्रदान गरेको थियो, र २०१९ मा जनता बैंकसँगको ऐतिहासिक मर्जरपछि बैंकको ग्राहक सञ्जाल र पूँजी दुवैमा गुणात्मक उछाल आएको थियो ।
सन् २०२२ मा प्राप्त युरोमनी अवार्ड फर एक्सलेन्सले बैंकको सुशासन, नवप्रवर्तन र पारदर्शितामाथि अन्तर्राष्ट्रिय स्तरको विश्वास प्रदर्शन गर्यो ।
वित्तीय स्थायित्व र सबलता
ग्लोबल आइएमई बैंकको वित्तीय आधार अत्यन्त सुदृढ छ । यसको चुक्ता पूँजी ३८ अर्ब रुपैयाँभन्दा बढी र कुल सम्पत्ति ६ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
बैंकको पूँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकको मापदण्डभन्दा उच्च रहँदै आएको छ, जसले यसको जिम्मेवार वित्तीय व्यवस्थापन र जोखिम नियन्त्रण क्षमतालाई देखाउँछ ।
स्थिर नाफा, सन्तुलित लगानी पोर्टफोलियो, विश्वसनीय क्रेडिट रेटिङ र पारदर्शी वित्तीय अनुशासनका कारण यो बैंक नेपालकै सबैभन्दा सबल निजी बैंकमध्ये अग्रपंक्तिमा उभिएको छ ।
रेमिट्यान्स र डिजिटल बैंकिङ
ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली कामदार र व्यवसायीहरूलाई आफ्ना परिवारसँग आर्थिक रूपमा जोड्ने विश्वसनीय रेमिट्यान्स नेटवर्क सञ्चालन गर्दै आएको छ ।
अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, मलेसिया, कतार, साउदी अरब, यूएई, बहराइन र कुवेतजस्ता देशबाट सजिलै रकम पठाउने सुरक्षित प्लेटफर्मका कारण लाखौं नेपाली परिवार यसको सेवाबाट प्रत्यक्ष लाभान्वित छन् ।
यससँगै बैंकले मोबाइल र इन्टरनेट बैंकिङ, डिजिटल वालेट, हरित ऊर्जा लगानी र SME प्रवर्द्धनमा विशेष जोड दिँदै आएको छ ।
बैंकका नीति तथा योजनाहरूमा इन्भाइरोमेन्टल, सोसल र गभर्नेन्स (इएसजी) सिद्धान्त समावेश गरिएको छ, जसले दिगो र उत्तरदायी बैंकिङ अभ्यासलाई बलियो बनाएको छ ।
ग्लोबल आइएमई बैंकको सबलता केवल पूँजी र प्रविधिमा सीमित छैन; यसको संस्थागत संस्कृतिमा सुशासन, पारदर्शितामा पनि उतिकै बलियो छ ।
अध्यक्ष ढकालको नीतिगत दृष्टिकोण र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको व्यवस्थापकीय नेतृत्वले बैंकलाई दीर्घकालीन स्थायित्व, ग्राहक सन्तुष्टि र सामाजिक उत्तरदायित्वमा केन्द्रित गराएको छ ।
बैंकका कर्मचारीहरूलाई नियमित तालिम, नेतृत्व विकास र प्रदर्शनमा आधारित प्रोत्साहन प्रणालीमार्फत सशक्त बनाइएको बैंकका प्रतिनिधिहरू बताउँछन् । ग्राहकमैत्री सेवा, पारदर्शी कार्यशैली र विश्वसनीय व्यवहारका कारण बैंकले देशभरका लाखौं ग्राहकको विश्वास जितेको संस्था बनेको छ ।
दक्षिण एसियाली क्षेत्रीय शक्ति बन्ने लक्ष्य
लगातार दुई वर्षसम्म ‘नेपालको उत्कृष्ट बैंक’ बनेपछि ग्लोबल आइएमई बैंक अब क्षेत्रीय वित्तीय शक्ति बन्ने यात्रामा केन्द्रित छ ।
बैंकको आगामी रणनीति डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय साझेदारी, हरित लगानी र दिगो विकासमा केन्द्रित रहनेछ ।
यही प्रतिबद्धता र दृष्टिले ग्लोबल आइएमई बैंकलाई भविष्यमा नेपालको सीमाभन्दा बाहिर प्रभाव फैलाउने क्षेत्रीय वित्तीय शक्ति बनाउने अपेक्षा गरिएको छ ।