मंसिरमा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, १० बैंकले राखे स्थिर

  • प्रकाशित मिति : २०८२ कार्तिक ३०, आईतवार
  • नेपाल टेल संवाददाता

मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरमा कात्तिकको तुलनामा कमी आएको छ। बैंकहरूले घोषण गरेको विवरण अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ब्याजदर ५.२० प्रतिशतबाट घटेर ५.०४ प्रतिशतमा पुगेको छ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १० बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरूमा नबिल, सानिमा, कुमारी, एनआईसी, सिद्धार्थ, प्राइम, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स र नेपाल एसबिआई बैंक समावेश छन्।



मंसिर महिनाको व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा उच्च ब्याजदर ग्लोबल आइएमई बैंकले उपलब्ध गराउनेछ भने सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकले दिने भएको छ।