एनपीएलमा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने

  • प्रकाशित मिति : २०८२ मंसिर ३, बुधबार
  • नेपाल टेल संवाददाता

टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आज काठमाडौं गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक भिडन्त हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै विजयी सुरुवात गरेको काठमाडौं दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ । सुदूरपश्चिम भने सुखद् सुरुआत गर्ने लक्ष्यसहित आजको खेलमा उत्रने तयारीमा छ ।

काठमाडौं गोर्खाजको कप्तानी करण केसीले गर्दै छन् । टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन् ।



सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन् । उनीसहित विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा टोलीमा छन् ।

काठमाडौंको प्रशिक्षण जिम्मेवारी नेपाली टिमका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाईले सम्हालेका छन् भने सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।