टी-२० विश्वकपमा नेपाल इंग्ल्यान्ड र वेस्ट इन्डिजको समूहमा, सबै खेल मुम्बईमा हुने

  • प्रकाशित मिति : २०८२ मंसिर १०, बुधबार
  • नेपाल टेल संवाददाता

भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा नेपाल समूह सीमा परेको छ। आइसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह सीमा परेको हो।

समूह सीमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। त्यस्तै समूह एमा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। त्यस्तै समूह बीमा अष्ट्रेलिया, श्रीलंका, आरल्यान्ड, निम्बावे र ओमान र समूह डीमा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन्।



तालिका अनुसार नेपालका सबै खेल मुम्बईमा हुने छ। नेपालको पहिलो खेल ८ फेब्रुअरीमा इंग्ल्यान्डसँग हुनेछ। त्यस्तै दोस्रो खेल इटालीसँग १२ फेब्रुअरीमा, तेस्रो खेल वेस्ट इन्डिजसँग १५ फेब्रुअरीमा र अन्तिम खेल बंगलादेशसँग १७ फेब्रुअरीमा हुनेछ।