नेपाली बजारमा सुनको मूल्य आज पुनः उकालो लाग्दै तोलाको दुई लाख ५० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २२ सय रुपैयाँले वृद्धि भई सुनको भाउ आज दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार र बुधबार गरी दुई दिनमा सुनको मूल्य ६१ सय रुपैयाँले उक्लिएको थियो। तर बिहीबार भने चार सय रुपैयाँले सस्तिँदै सुनको दर दुई लाख ४८ हजार चार सय रुपैयाँमा झरेको थियो।
गएको असोज ३१ गते तोलाको दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको मूल्य हालसम्मकै सबैभन्दा उच्च दर मानिन्छ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागिरहेको छ। आज तोलामा ६५ रुपैयाँ वृद्धि भई चाँदीको भाउ तीन हजार तीन सय ४५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
विगत केही दिनयता चाँदीको मूल्य निरन्तर बढ्दै आएको छ।