नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ३५ सय रुपैयाँले उक्लिएको छ।
बिहीबार प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर २ लाख ५६ हजार ६०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। चाँदीको मूल्य पनि आज १०० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ३ हजार ८०५ रुपैयाँमा रहेको चाँदी शुक्रबार ३ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुन–चाँदीको मूल्य एकै दिन उच्च दरले वृद्धि भएपछि बजारमा चहलपहल पनि बढेको व्यापारीहरूको भनाइ छ।