सुनको भाउले नयाँ रेकर्ड कायम, प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ

  • प्रकाशित मिति : २०८२ मंसिर २९, सोमबार
  • नेपाल टेल संवाददाता

सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन हालसम्मकै उच्च हो ।



यसअघि आइतबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसअघि असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन त्यतिबेलासम्मकै उच्च मानिएको थियो ।

यसैबीच चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढ्दै ३ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीले यसअघि गत शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुग्दै हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।