आज पनि सुन सस्तियो, चाँदी भने हालसम्मकै महँगो

  • प्रकाशित मिति : २०८२ पुष ६, आईतवार
  • नेपाल टेल संवाददाता

लगातार दोस्रो दिन पनि सुनको मूल्य घटेको छ। शुक्रबार तोलामा दुई हजार रुपैयाँले घटेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो।

आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेर दुई लाख ५८ हजार तीन सय रुपैयाँमा झरेको छ। यसअघि शुक्रबार सुनको मूल्य दुई हजार रुपैयाँ घटेर तोलाको दुई लाख ५८ हजार चार सय रुपैयाँ कायम भएको थियो।



गत मंसिर २९ गते सुनको मूल्य तोलाको दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

यसैबीच, चाँदीको मूल्य भने आज हालसम्मकै महँगो बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक सय रुपैयाँ बढेर चाँदीको मूल्य आज चार हजार एक सय पाँच रुपैयाँ पुगेको छ।

विगत केही दिनदेखि निरन्तर बढ्दै आएको चाँदीको मूल्य आज नयाँ कीर्तिमानमा पुगेको महासंघले जनाएको छ।