आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो

  • प्रकाशित मिति : २०८२ पुष १८, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको मूल्य तोलामा दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।



यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर चार हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलाको चार हजार ४ सय १५ रुपैयाँमा कायम भएको थियो ।