सुन तोलामा २१ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तो

  • प्रकाशित मिति : २०८२ पुष २०, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा आइतबार (पुस २०) सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत साताको अन्तिम कारोबार दिन शुक्रबार (पुस १८) सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।



महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्यमा प्रभाव परिरहेको व्यवसायीहरूले बताएका छन्।