एनआरएनए यूकेको आयोजनामा सोमबार स्कटल्यान्डमा सांस्कृतिक कार्यक्रम

  • प्रकाशित मिति : २०८२ पुष २१, सोमबार
  • नेपाल टेल संवाददाता

लन्डन । गैरआवासीय नेपाली संघ यूके (एनआरएनए) को सोमबार स्कटल्यान्डमा सांस्कृतिक कार्यक्रम हुँदै छ ।

सामुदायिक स्वास्थ्य चेतनासहित सांस्कृतिक कार्यक्रम हुन लागेको एनआरएनए यूकेले जनाएको छ । सोही अवसरमा संघको दोस्रो भौतिक उपस्थितिको बैठक पनि हुने छ ।



बिहान ११ देखि साँझ ५ बजेसम्म बैठकको आयोजना गरिएको छ । साँझ ५ बजेदेखि राति १० बजेसम्म नयाँ वर्ष २०२६ को शुभअवसरमा शुभकामना आदानप्रदान तथा राष्ट्रिय चर्चित लोकगायक सन्दीप न्यौपानेको साथमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा स्कटल्यान्डवासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरिएको छ ।

रोयल ब्रिटिस लिजोनमा हुने कार्यक्रममा प्रवेश शुल्क नि:शुल्क रहेको आयोजकले जनाएको छ ।