नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (पुस २१) सुनको मूल्य प्रतितोला ४६ सय रुपैयाँले वृद्धि भएको हो।
यसअघि प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन आज बढेर दुई लाख ६५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला चार हजार ५०० रुपैयाँ रहेको चाँदी सोमबार बढेर चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।