राष्ट्रिय सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
अन्यतर्फबाट नेकपा उम्मेदवार दर्ता हुन नआएपछि थापा निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन प्रक्रियाअनुसार निर्विरोध भएको औपचारिक घोषणा भने पुस २७ गते गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।