पार्टी कार्यालय जानेबारे छलफल गर्दै कांग्रेस सभापति गगन थापा

  • प्रकाशित मिति : २०८२ माघ ७, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसमा विशेष महाधिवेशनमार्फत सभापति चयन भएका गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा जानेबारे आज छलफल गर्दैछन् ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट थापा सभापति भएका थिए ।



पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र तत्कालीन डा शेखर कोइराला नेतृत्वको समूह विशेष महाधिवेशनलाई अस्वीकार गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएपछि थापा पार्टी केन्द्रीय कार्यालय गएका थिएनन् ।

थापालाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको छ भने सर्वोच्च अदालतले पनि देउवा समूहले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि थापाले पार्टी कार्यालयमा जानेबारे छलफल गर्न थालेका हुन् ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी केन्द्रीय कार्यालयमा जानेबारे आज छलफलको तयारी भइरहेको जानकारी दिए । ‘जेनजी आन्दोलनका क्रममा जलेकाले पार्टी कार्यालय मर्मतको क्रममा छ । त्यसैले हतार गरेका थिएनौँ,’ प्रवक्ता चालिसेले भने, ‘अब जानुपर्छ । आज सभापतिज्यूलगायतका नेताहरूसँग यसबारे छलफल हुँदैछ ।’