तोला मै २० हजार ५ सयले बढेर सुनको भाउमा नयाँ रेकर्ड, चाँदी पनि इतिहासकै महँगो

  • प्रकाशित मिति : २०८२ माघ १५, बिहीबार
  • नेपाल टेल संवाददाता

आज बिहिबार पनि सुनको भाउ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ तोकिएको छ । आज कायम सुनको मूल्य हालसम्म कै उच्च हो ।



आज चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ६ हजार ४ सय ३४ रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।