आज सुनचाँदीको भाउ घटेको छ ।
सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने तोलामा ३० रुपैयाँ घटेर आज ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।