नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका माग बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारले कतिपय निर्णय कानुन मिचेर लहडका भरमा गरेको आरोप लगाए।
उनले भदौ २४ गतेको घटनाको निष्पक्ष र न्यायिक छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् ।
थापाले सरकारलाई विधि र प्रक्रियाअनुसार काम गर्न आग्रह गर्दै कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको बताए।
उनले गृहमन्त्रीको विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थप टिप्पणी गरेनन् ।