लन्डनमा १३ औं बुढासुब्बा गोल्ड कपका लागि आवेदन आव्हान

  • प्रकाशित मिति : २०८३ बैशाख २०, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । धरान समाज यूकेले लन्डनमा १३ औं बुढासुब्बा गोल्ड कप गर्ने तयारी गरेको छ ।

फेल्थामस्थित टुडोर पार्क स्पोर्टस् मैदानमा आउंदो २० जुन शनिबार ९ ए साइड फुटबल प्रतियोगिता गर्ने तयारी भइरहेको समाजले जनाएको छ ।



प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले १२ जुनभित्र नाम दर्ता गरिसक्नु पर्नेछ । टिम दर्ताका लागि मेन र भेट्रानको प्रति टिम २५० पाउण्ड र सुपर भेट्रानको १५० पाउण्ड निर्धारण गरिएको छ ।

उक्त प्रतियोगिता १८ वर्ष माथि मेन, ३७ वर्षमाथि भेट्रान र ४५ वर्षमाथि उमेर समूहको सुपर भेट्रान क्याटगोरिजमा खेलाइने अध्यक्ष निकेश लिम्बुले जानकारी दिए ।

अध्यक्ष लिम्बुका अनुसार, मेन क्याटगोरिज विजेताले १९ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र, रनर अपले ९०० पाउण्ड, ट्रफी र प्रमाणपत्र एवं भेट्रान टिम विजेताले ११०० पाउण्ड, ट्रफी र प्रमाणपत्र तथा रनर अपले ५०० पाउण्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरि, सुपर भेट्रान वीनरले २५० पाउण्ड एवं रनरअपले १५० पाउण्ड पुरस्कार पाउने समाजले जनाएको छ ।

निशुल्क प्रवेश दिइने उक्त इभेन्टमा दर्शकलाई पार्किङ र फोटोग्राफी समेत निशुल्क हुनेछ । प्रतियोगितामा बालबालिकाका लागि खेल, खाना तथा पेय पदार्थ र आइसक्रिम स्टल आदि आकर्षण हुने समाजले जनाएको छ ।