सुनचाँदीको भाउ बढ्यो

  • प्रकाशित मिति : २०८३ बैशाख २५, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ।

सुनको भाउ आज एक हजार तीन सय रूपैयाँ बढेर प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



चाँदीको मूल्य पनि एक सय २० रूपैयाँ बढेर तोलामा पाँच हजार दुई सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।