अल्डरसटमा भव्य रूपमा मनाइयो ‘भिक्टोरिया डे’

  • प्रकाशित मिति : २०८३ जेष्ठ २४, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतको अल्डरसटमा महारानी भिक्टोरियाको सम्झनामा ‘भिक्टोरिया डे’ भव्य रूपमा मनाइएको छ। ग्रेटर रस्मोरको आयोजनामा सम्पन्न कार्यक्रममा २० वटा नेपाली संघसंस्थाले सहभागिता जनाउँदै आ-आफ्नो सांस्कृतिक पहिचान झल्किने झाँकी तथा परेड प्रस्तुत गरेका थिए।

कार्यक्रममा नौमती बाजा, लाखे नाच, धिमे बाजा, च्याब्रुङ, सोरठी, घाटु, भजन तथा अन्य नेपाली सांस्कृतिक प्रस्तुतिहरू आकर्षणका केन्द्र बनेका थिए। झाँकी प्रदर्शनतर्फ आयोजक ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) दोस्रो भएको थियो।



कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा तथा कलाकारहरूको उपस्थिति रहेको थियो। साथै नेपाली कक्षाकी शिक्षक झरना गुरुङलाई बिदाइ तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।

जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन्।