नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेर २ लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँ बढेर ४ हजार ३२० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।