प्रतिनिधिसभा सदस्यमाथि कालो मसी प्रहार लोकतान्त्रिक संस्कृतिविपरीत : गगन थापा

  • प्रकाशित मिति : २०८३ श्रावण १०, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार प्रतिक्रिया दिँदै थापाले लोकतन्त्रमा विचार फरक हुनसक्ने र असहमति पनि स्वाभाविक हुने उल्लेख गर्दै कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।



उनले प्रतिनिधिसभा सदस्य पौडेलमाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गर्दै असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन’, थापाले फेसबुकमा लेखेका छन् ।