नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए । राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । दुई डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था भए पनि सरकारले एक जनालाई मात्र नियुक्त गरेको थियो ।
सरकारले गत चैत २४ गते किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकमा २०८२ साल फागुन २५ गतेदेखि डेपुटी गभर्नर पद रिक्त थियो ।