सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९१ हजार ३ सय

  • प्रकाशित मिति : २०७७ असार १४, आईतवार
  • नेपाल टेल संवाददाता

आज (आइतबार) सुनको भाउ बढेको छ । आज तोलामा ७ सय रुपैयाले बढेर ९१ हजार ३ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन हालसम्मकै उच्च भाउ हो ।

यसअघि बुधबार र बिहीबार सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।



त्यस्तै आइतबार तेजाबी सुन प्रति तोला ९० हजार ८ सय ६० रुपैइामा कारोबार भैरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रति तोलमा ५ रुपैयाँले बढेर ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।