बामदेवबिरुद्धको मुद्दा आज पनि पेसीबाटै स्थगित

  • प्रकाशित मिति : २०७७ आश्विन २८, बुधबार
  • nepaltale.com

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम बिरुद्धको मुद्दा आज स्थगित भएको छ ।

गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धि रिटमाथिको फेरी स्थगित भएको हो । आज २८ गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोकेका छन् ।

यो मुद्दाको सुनुवाइ अब दसैंपछि मात्र हुने सम्भावना रहेको छ। असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो । उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो ।