नवौँ अल्डरसट भलिबल १३ जुनमा

  • प्रकाशित मिति : २०८३ जेष्ठ १, शुक्रबार
  • नेपाल टेल संवाददाता

अल्डरसट । नवौँ अल्डरसट भलिबल प्रतियोगिता १३ जुनमा हुने भएको छ ।

अल्डरसट भलिबल क्लबको आयोजनामा वेल्सली स्पोर्ट ग्राउन्डमा बिहान ८ देखि साँझ ८ बजेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।



खेलमा पुरुष तथा महिला दुवै विधामा प्रतिस्पर्धा हुने जनाइएको छ । पुरुषतर्फ विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित १ हजार ६०० पाउन्ड तथा उपविजेताले १ हजार १०० पाउन्ड प्राप्त गर्नेछन् ।

यस्तै महिलातर्फ विजेताले ९०० पाउन्ड र उपविजेताले ५५० पाउन्डसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुष टोलीको प्रवेश शुल्क २०० पाउन्ड र महिला टोलीका लागि १५० पाउन्ड तोकिएको छ ।