काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भट्टराईसँगै उनकी पत्नी एवम् जनता समाजवादी पार्टीकी नेतृ हिसिया यमीलाई पनि कोरोना देखिएको छ ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले सामाजिक सञ्जालमार्फ आफू र पत्नी हिसिलामा कोरोना पुष्टि भएको बताएका छन् ।
‘चिकित्सकहरुको सल्लाह बमोजिम हामी होम आइसोलेसनमै रहने छौं,’ डा भट्टराईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्ला दिनहरुमा हाम्रो निकट सम्पर्कमा रहनुभएका सबैले विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध छ ।’
डा भट्टराई मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहभागी भएका थिए ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले नै उनलाई संघीय परिषद अध्यक्ष बनाउने निर्णय गरेको थियो ।