प्रदेश १ मा प्रचण्ड-नेपाल पक्षका तीन मन्त्रीले दिए राजिनामा

  • प्रकाशित मिति : २०७७ पुष १२, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रदेश १ सरकारका तीन मन्त्रीले राजिनामा दिएका छन ।

प्रतिनिधिसभा विघटनको प्रतिकामी कदमको समर्थन गर्ने मुख्यमन्त्रीको नेतृत्वमा बस्न नैतिकताले नदिएको भन्दै तीन मन्त्रीले आज बिहान राजिनामा दिएका हुन ।



सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन ।

राजिनामा दिने तयारीमा रहेका आर्थिक मामिला तथा योजना मान्त्री इन्द्रबहादुर आङ्बोलाई भने मुख्यमन्त्री शेरधन राईले शनिबार पदबाट हटाएका थिए ।