काठमाडौं। जनता समाजवादी पार्टी (जसपाका) अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ठाकुर त्यहाँ गएका हुन्।
अहिले ओली र ठाकुरबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको छ। विपक्षी गठबन्धनले सरकार बनाउन जसपाको साथ खोजिरहेका बेला ठाकुरले सहयोग गर्न नसकिने बताउँदै आएका छन्।