सिंहदरबारमा ओली-नेपालबीच ‘वान टु वान’ वार्ता

  • प्रकाशित मिति : २०७८ जेष्ठ २, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ ।

दुई नेताबीचको वार्ताबाट विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाइने बताइएको छ ।



गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्य टुंग्याउन छलफलमा बसेका हुन् ।