देउवाको दावी शीतलनिवासमा दर्ता, ओलीको दाबी कमजोर

  • प्रकाशित मिति : २०७८ जेष्ठ ७, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् । राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले जानकारी दिए ।

ओलीको दाबी कमजोर



प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग एमालेका १२१ सहित १५३ सांसदको साथ रहेको बताउँदै प्रधानमन्त्रीमा पुनः दाबी गरेका छन् ।

तर, प्रधानमन्त्री ओलीको पक्षमा रहेका भनिएका जसपाका नेताहरुले भने राष्ट्रपतिले आह्वान गरेको ढाँचामा एकमुष्ट हस्ताक्षर नगरी पार्टीको लेटरप्याडमा पत्रमात्र शीतल निवासमा दर्ता गरेको शीतलनिवास स्रोतले बतायो ।

प्रक्रियाको हिसाबले धारा ७६ (५) को सरकार गठनका देउवाको दाबी बलियो देखिएको कानूनका जानकारहरु बताउँछन् ।