नेकपा एमालेकाे स्थायी कमिटीको बैठक बस्दै

  • प्रकाशित मिति : २०७८ जेष्ठ १०, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपा एमालेकाे स्थायी कमिटीको बैठक बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री समेत रहेका ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएकाे बताइएकाे छ ।



बैठकमा संसद विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने बताइएकाे छ ।

यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।

स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि पूरा भएकाले सोमबारको स्थायी कमिटीको बैठकले थप निर्णय लिन सक्ने अनुमान छ । यता नेपाल–खनाल पक्षले भने ओलीलाई स्पष्टकीकरण नबुझाउने भएको छ ।

एमालेले खनाल–नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अस्ति पत्र पठाएको थियो ।