हेर्नुहोस् कोरोना फैलिएका २१० देशको पछिल्लो अपडेट

  • प्रकाशित मिति : २०७७ बैशाख १६, मंगलवार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ भने ६९ हजार ७ सय ४६ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ५३४ पुगेको छ भने ३० लाख ६४ हजार १६१ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ भने २३ हजार १ सय ९६ जना नयाँ संक्रमित फेला थपिएका छन्। यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ७ सय ९७ पुगेको छ भने १० लाख १० हजार ३५६ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा फ्रान्समा ४३७ जनाको मृत्यु भएको छ भने ३ हजार ७ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार २ सय ९३ पुगेको छ भने १ लाख ६५ हजार ८४२ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै इटलीमा ३३३ जना, स्पेनमा ३३१ जना, यूकेमा ३६० जना, जर्मनमा १५० जना, ब्राजिलमा २७२ जना, क्यानडामा १४७ जानको मृत्यु भएको छ।