ड्युटीमा खटिएका असईसहित ३ प्रहरीले भोड्का चोरेको भिडियो भाइरल भएपछि निलम्बनमा

  • प्रकाशित मिति : २०७८ जेष्ठ १७, सोमबार
  • नेपाल टेल संवाददाता

सिरहा। रक्सी चोरेको आरोपमा तीन जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा मातहत रहेको ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको हो ।

गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए । त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।