फिदिम । पाँचथरमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सोमबार बसेको डीसीसीएमसीको बैठकले जेठ २४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जिल्लाम कोरोना संक्रमणको दर झन बढेकाले यसपटको निषेधाज्ञालाई कडा गरिने भएको छ ।
निषेधाज्ञामा तरकारी, फलफूल र दूधका पसल भने बिहान छ बजेदेखि आठ बजेसम्म खुल्न पाउने भएका छन् । यसपटकको निषेधाज्ञामा औषधि पसल बाहेक सबै प्रकारका पसलहरु बन्द गर्ने निर्णय भएको हो ।