लकडाउनमा कपिलवस्तुमा जबर्जस्ती करणीका सात घटना, अधिकांश आफन्तबाट

  • प्रकाशित मिति : २०७७ बैशाख १७, बुधबार
  • nepaltale.com

एक महिनामा यहाँ जबर्जस्ती करणीका सात घटनामा उजूरी दिइएको छ । कोरोना भाइरस (कोभिड –१९) संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घटनाका पीडितमा १० किशोरी र एक महिला छन् । किशोरीहरु आफन्त र चिनजान भएका व्यक्तिबाटै पीडित भएका छन् । घटना आफन्त र छरछिमेकबाट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

जबर्जस्ती करणीका सात मुद्दा दर्ता भई अदालतबाट म्याद थपिएको प्रनाउ मल्लले जानकारी दिए । जिल्लामा चालु आर्थिक वर्षको अहिलेसम्म जबर्जस्ती करणीका २६ मुद्दा दर्ता भएको छ ।-रासस