कोटा, कोठा, देखी बाहुनवादसम्म . . .

  • प्रकाशित मिति : २०७८ असार १३, आईतवार
  • nepaltale.com

काठमाडौं । केहि दिन अघिबाट रुपा सुनवारले कोठा नपाएको बिषय भाइरल बन्यो । जातकै कारण रुपाले काठमाडौंमा डेरा नपाएपछि आफ्ना भावनाहरु सामाजिक संजालमा पोखिन् । यो प्रसंग रुपाको फेसबुक वाल हुँदै प्रशासन सम्म पुग्यो । रुपाले जात कै कारण कोठा नपाएको बिषयमा धेरैले आफ्ना धारणा राखे समाज आधुनिकता उत्तरआधुनिकतामा चलिरहँदा जातकै बिषयले कोठा नपाउनु दुखत पनि हो भन्ने धेरैको तर्क छ ।

रुपाको यो बिषयले चर्चा बटुलेपछी रुपालाई कोठा नदिने घरबेटी सरस्वती प्रधान प्रकाउनै परिन । रुपाले कोठा नपाएको बिषय भन्दा सामाजिक संजालमा कोठा र कोटा को तुलानाले बिषेश स्थान पायो । जहाँ अधिकांसले लेखे – रुपा तिमिले कोठा पाएनौँ हामीले कोटा पाएनौँ आउ सँगै आफ्नो न्याय मागौँ । कोठको बिषय कोटा आरक्षण सम्म पुग्नु पाताल र आकासको बिषय भएको भन्दै पहिला रुपाको न्यायका लागि वकालत गरौँ भनेर धेरैले तर्क राखे एक ठूलो जमात बीच कोटा र कोठा जोडेर सामाजिक संजालमा स्ट्याटस लेख्ने होडबाजी नै चल्यो ।

केही ले भने यसरी कोटा र कोठाको बिषय जोडिनु सरकारी आरक्षण पाएका मानिसहरुलाई दिएको सहुलियत ठीक छैन भनेर परोक्ष रुपमा गरेको कटांक्ष भनेर बिश्लेषण गरे । खस आर्य समुदायले किन आरक्षण पाएनन् अनि दलित लगायतका बर्गले किन पाए सबै समान होईन र धेरैले प्रश्न उठाए ।

दलितलाई आरक्षण किन ?

सामान्यतया आर्थिक रूपले विपन्नलाई दलित भनिँदैन, यसलाई राज्यले पनि अंगीकार गरेको छ। यसैकारण यो मुलुकको संविधानले पनि केही निश्चित जातलाई तोकेरै दलित मानेको छ। मनुस्मृतिका सिद्धान्त अँगाल्दै पृथ्वीनारायण शाहकै पालादेखि यो मुलुकलाई ४ वर्ण ३६ जातको फूलबारी भनी वर्गीकरण गरिएको थियो। जसमध्ये शूद्र वर्णमा राखिएका जातहरूलाई नै दलित मानिएको हो, जो अन्य वर्णमा सूचीकृत जातसरह नरही विभिन्न खालका अन्याय, अत्याचार र शोषणको सिकार हँुदै सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक अधिकारबाट वञ्चित भए। यसैले विभिन्न राजनीतिक परिर्वतनपछि गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा यो समुदायले भोगेका प्रताडनाको क्षतिपूर्तिबापत राज्यले दिएको सुविधा नै आरक्षण हो, जुन न्यायोचित छ। किनभने कथित शूद्र वर्णमा जन्मिएका मानिस सबैभन्दा तल्लो स्तरको काम गर्नुपर्र्ने बाध्यतामक व्यवस्था नै थियो।

मान्छे छुइने, वस्तुभाउ छुइने, खाद्यान्न छुइने, अन्य माथिलो जात भनाउँदाहरूसरह समाजमा उठबस गर्न नपाउने, आफ्नै खुन–पसिना बगाएर बनाएको मठमन्दिरमा प्रवेश गर्न नपाउने, पूजापाठ गर्न नपाउने, पाटीपौवा, धारा आदिजस्ता सार्वजनिक स्थलमा विभेद भोग्नुपर्ने भयो। यसरी तल्लो जात कहलिएकै कारण यी तमाम किसिमका अपमान बेहोर्नुपरेको इतिहास नकार्न सकिँदैन। इतिहासको लामो कालखण्डसम्म पशुसरह जीवनयापन गर्न बाध्य पारिएका जातजातिलाई क्षतिपूर्तिस्वरूप आरक्षण दिनु न्यायसंगत छ भने उनीहरूको समग्र अवस्था अन्य समुदायसरह नभएसम्म दलित आरक्षण न्यून गर्न वा यसलाई समाप्त पार्न खोज्नु समतामूलक समाज निर्माण र सम्रग मुलुकको विकासमा बाधक बन्नु हो। सरसरती हेर्दा कोठाको बिषय कोटा सँग दाझ्नु जायाज होइन भन्ने तर्क नै उचित देखिन्छ ।

अर्कोतर्फ कोठाको बिषय हुदैँ कुरा बाहुनबाद सम्म पुग्यो तर बाहुनवादको बिश्लेशण भने फरक तरिकाबाट भएको देखिन्छ । बाहुनवाद सब्द झट्ट सुन्दा अप्रियभाव दिने किसिमको सुनिन्छ । रुपाले कोठा नपाएको बिषयमा उठेको बाहुनवाद सब्द खासगरि बाहुन समुदायलाई केन्द्रित भयो भन्दै आवाज पनि उठ्यो । बास्तबमा नितान्त व्यक्तिगत विषय भएकाले पीडितलाई न्याय दिने अनि कोठा नदिनेलाई सजाय दिने गरि कुरा सक्काए नहुने हो र ? वर्गिय द्वन्द किन सिर्जना गर्ने भन्ने तर्क एक वर्गले गरे ।

वास्तवमा कोठाको बिषयलाई उकास्न कोटा सँग तुलना गरिएको बिषयले टेवा दिएको देखियो । अनि कोठा कोटा हुँदै बाहुनवाद सम्म पुग्यो तर बाहुनवादको मर्मलाई भने ब्राह्मण समुदायलाई केन्द्रित गरेर मात्र सामाजिक संजालमा बहस चलाईयो ।इतिहास देखि बाहुनहरुको राज चल्यो आज पनि बाहुनकै राज छ बाहुनवाद छ भनेर लेखेका स्ट्याटस पनि थुप्रै थिए ।

वास्तवमा के हो बाहुनवाद

बाहुनवाद पुस्तकका लेखक अरुण बरालका अनुसार बाहुनवादी भन्नाले हामी हिन्दूधर्ममा आस्था राख्ने, जातीय भेदभावमा विश्वास राख्ने, राजालाई बिश्वास गर्ने, स्वयंपाकेवाद एवं परिवारभित्र छुवाछूत गर्ने, विज्ञान विरोधी गरि हिडने, अग्रगमनलाई विरोध गर्ने, जातीय स्वायत्तताको विरोध गर्ने आदि गलत विशेषता बोकेका मानिसलाई सम्झनु पर्दछ । जनजातिमा पनि बाहुन बोलाएर पुजापाठ गराउने, ज्योतिष शुभअशूभ हेराउने चिना बनाउने, हिन्दू मन्दिरमा गई दानदक्षिणा पूजापाठ गर्ने, दलितले छोएको नखाने, राजतन्त्रको वकालत गर्ने, संघीयता स्वशासन धर्मनिरपेक्षताको विरोध गर्ने आदि लक्षण छन भने ती जनजाति पनि बाहुनवादीनै हुन । बाहुनवादी हुनकालागि नाक चुच्चो भइराख्नु पर्छ भन्ने केहि छैन । बाहुनवादी नाकले होइन विचार र व्यबहारले हुने कुरा हो ।

यतिबेला हामीकहाँ बाहुनवादको विरोध गर्ने नाममा बाहुन जातिकै विरोध गर्ने र उनीहरुलाई हेप्ने जुन साम्प्रदायिक प्रचलन विकास भएको छ, त्यो भने गलत छ । हामीले के बुझ्नुपर्दछ भने सबै बाहुनवादी बाहुन मात्र होइनन् र सबै बाहुन बाहुनवादी होइनन् । बाहुन र बाहुनवादमा फरक छुट्याउनुपर्छ ।

यसरी हेर्दा जनजाती यहाँ सम्म कि दलित भित्रैपनि बाहुनवाद भने रहेको छ । सार्कीले छोएको दमाईले नखाने दमाईले छोएको कामीले नखाने यो पनि जातीय विभेदको नमुना हो यदि कुनै जात भित्र पनि यस्ता रिति मान्ने वा जातिय स्वयत्ततामा हानी पुर्याउने मानिस भए त्यसलाई बाहुनवाद भन्न मिल्छ ।अर्थात् दलित वर्गमै पनि कोही बाहुनवादी हुन सक्छ ।

अब रुपा सुनारको बिषयलाई जोडेर हेर्ने हो भने धेरैले घरमालिक सरस्वती प्रधानलाई निर्दोश भनेर पनि व्याख्या गरेका छन् । उनको घरमा भएको कोठा व्यक्तिगत हो आफ्नो व्यक्तिगत सम्पतीमा आफ्नो हक नलाग्ने ? भनेर धेरैले प्रश्न पनि गरेका छन् । जे होस यदि प्रधानले रुपालाई जातिय आधारमा थिचोमिचो गरेको वा जातिय बिषयले लिएर भेदभाव गर्न खोजेको भए सरस्वतीमा बाहुनवाद मौलाएको हो भनेर बुझे हुन्छ । उनि नेवार हुन तर उनमा बाहुनवाद रहेछ भनेर विश्लेषण गरे हुन्छ ।

रुपा सुनार र सरस्वतीको यो विषयले न्याय माग्दा वर्गिय विभेदको खाडल खनिन्छ भने खनियोस् भनेर गरिएका विश्लेषणले सामज भित्रको अन्तरसम्बन्धलाई भने बिगार्न बेर लगाउदैन ।