प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदमा ७४ जनाका लागि दरखास्त माग

  • प्रकाशित मिति : २०७८ असार १५, मंगलवार
  • nepaltale.com

काठमाडौं । नेपाल खुला विश्वविद्यालय सेवा आयोगले स्थायी सेवामा पदपूर्ति गर्न प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदमा ७४ जनाका लागि दरखास्त माग गरेको छ ।

विश्वविद्यालयले आज सूचना निकालेर कार्यकारी परिषदको वैशाख २४ को निर्णयअनुसार भन्दै आन्तरिक र खुला प्रतियोगितामार्फत् प्राध्यापकदेखि कर्मचारीसम्म माग गरेको छ ।

आन्तरिक र खुला प्रतियोगितामार्फत स्थायी सेवामा पदपूर्ति गर्न विश्वविद्यालयले प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदमा आवेदन खुला गरेको हो ।

विश्वविद्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार आन्तरिक शिक्षण सेवातर्फ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरी कूल २२ जना आवश्यक परेको छ ।

यस्तै आन्तरिक प्रतियोगिताबाट पूर्ति गर्नेगरी प्रशासनतर्फ शाखा अधिकृत, कार्यालय मुख्य सहायक, लेखा मुख्य सहायक, प्राविधिक मुख्य सहायक गरी कूल १० कर्मचारी माग गरिएको छ ।

यस्तै खुला प्रतियोगितामार्फत पूर्ति गर्ने गरी प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी कूल २२ जना माग गरिएको छ । यस्तै खुलाबाटै प्रशासनतर्फ शाखा अधिकृत, लेखा अधिकृत लगायत कूल २० कर्मचारी माग गरिएको छ ।

मंगलबारको गोरखापत्रमा प्रकाशित सूचना अनुसार इच्छुक एवं योग्य नागरिकले आजका मितिले ३५ दिनभित्र आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ ।