कप्तान रोहित पौडेलको अर्धशतक

  • प्रकाशित मिति : २०८२ आश्विन २७, सोमबार
  • नेपाल टेल संवाददाता

नेपालका कप्तान रोहित पौडेलले टी-२० अन्तर्राष्ट्रियमा आठौँ अर्धशतक प्रहार गरेका छन्।

ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत कतारसँगको खेलमा उनले आठौँ अर्धशतक प्रहार गरेका हुन्।



उनले ३५ बलमा ६ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।

४८ मा ३ विकेट गुमाएको नेपाललाई उनले हाल दीपेन्द्र सिंह ऐरीसँग ५४ रनको अविजित साझेदारी गर्दै खेलिरहेका छन्। १४ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा १०२ रन बनाएको छ।