२६३६ जनालाई कोरोना, ४३४८ संक्रमणमुक्त

  • Published Date : 2021-06-29
  • nepaltale.com

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ३४८जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७२५९ पीसीआर र ४४८९ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ७४८ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआरमा १७२८ र एन्टीजेनमा ९०८ जनालाई पोजेटिभ देखिएको छ ।



नेपालमा अहिलेसम्म ६ लाख ७० हजार ८५७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ९२ हजार ५३५ जनाले कोरोना जितेका छन् भने ९ हजार ७१ जनाको मृत्यु भएको छ । अहिले ३५ हजार ३१० जना संक्रमित आइसोलेसनमा रहेका छन् ।