गृहमन्त्रीमा सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री बालेन शाह ले दुई जना मन्त्री नियुक्त गरेपछि राष्ट्रपति निवास शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले उनीहरूलाई शपथ गराएका हुन्।
सुदन गुरुङ यसअघि २७ दिन गृहमन्त्री रहेका थिए। सम्पत्ति स्रोतसम्बन्धी विवादपछि उनले राजीनामा दिएका थिए। पछि गठित छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी पुनः गृहमन्त्रीमा फर्किएका हुन्। उनी गोरखा–१ बाट निर्वाचित सांसद हुन्।
त्यसैगरी नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद हुन्। उनी यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहिसकेका छन्।
प्रधानमन्त्री शाहले सरकारको मन्त्रिपरिषद् विस्तार गर्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्राथमिकतामा राखेर नयाँ मन्त्रालय गठन गरेपछि पुनलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो।