थप २७६० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  • Published Date : २०७८ असार १७, बिहीबार
  • nepaltale.com

काठमाडौँ। नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार देशभर ३३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ।



यस्तै गत चौबीस घन्टामा ४ हजार १७ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म ३१ हजार ३ सय ६८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार १ सय ३० पीसीआर तथा ३ हजार ८ सय ५५ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।