थप २ हजार ६३४ जनालाई कोरोना संक्रमण पुष्टि, १५ संक्रमितको मृत्यु

  • Published Date : 2021-07-06
  • nepaltale.com

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जनालाई संक्रमण पुष्टि भएको छ ।

यस्तै आज देशभर थप २ हजार ६३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५०३ पीसीआर र ५०८२ जनाकाे एन्टीजेन गरी १२ हजार ५८५ जनाकाे परीक्षण गर्दा २ हजार ६३४ जनामा पोजेटिभ देखिएको हो । यो संख्या भनेको परीक्षण गरिएकामध्ये संक्रमणको दर २०.९ प्रतिशत हो ।



यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५६५ हजार जना संक्रमणमुक्त भएका छन् भने १५ संक्रमितको मृत्यु भएको छ । आज थपिएकाे तथ्याँकसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८७ हजार १९५ पुगेको छ । जसमध्ये ६ लाख १२ हजार ९९४ हजार जना निको भएका छन् भने ९ हजार २६३ जनाको मृत्यु भएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।