सेयर बजार २४ अंकले उकालो लाग्यो, ४ अर्ब बढीको किनबेच

  • Published Date : 2021-07-08
  • nepaltale.com

काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार २४ अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २३.९७ अंकले बढेर २८२५.११ को बिन्दुमा बजार बन्द भएको छ।



यस्तै, ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.४१ अंकले बढेर ५२९.६६ को बिन्दुमा बजारमा बन्द भएको छ।

आज ५१८६८ कारोबारमा १३१४३२४० कित्ता सेयरको किनबेच भई ४८१५५२०२९४.१५ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २२३ कम्पनीको सेयर किनबेच भएको हो।