आज थपिए १८७५ काेराेना संक्रमित, १०५०४ जनाकाे परीक्षण

  • Published Date : 2021-07-08
  • nepaltale.com

काठमाडौं । आज देशभर थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३७४ पीसीआर र ५१३० जनाको एन्टीजेन गरी १० हजार ५०४ जनाकाे परीक्षण गर्दा १८७५ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २८६ हजार जना संक्रमणमुक्त भएका छन् भने २९ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ । जसमध्ये ६ लाख १५ हजार ६१३ हजार जना निको भएका छन् भने ९ हजार ३२० जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ४७७ जना रहेका छन् ।