थपिए २२३९ कोरोना संक्रमित, २० जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ असार २५, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा २२३९ जना कोरोना संक्रमित थपिएका छन्।

देशभरका विभिन्न प्रयोगशालामा ६६५७ जनाको पिसिआर परीक्षण गर्दा १४७९ जना र ४६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७६० जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३१६ जनाले कोरोनालाई जितेका छन्।

यस्तै, २० जनाको मृत्यु भएको छ। आज थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । तीमध्ये ९ हजार ३४० जनाको मृत्यु भएको छ भने ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये काठमाडौँ उपत्यकाका ३ सय ८० जना संक्रमित छन्।

जसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक २६१ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा ४५ जना रहेका छन्।

प्रदेश १ मा ४११ जना, प्रदेश २ मा ४० जना, बागमती प्रदेशमा ७ सय जना, गण्डकीमा १७४ जना, लुम्बिनीमा ९० जना, कर्णालीमा ५९ जना र सुदूरपश्चिममा ८ जना संक्रमित थपिएका छन्।