सेयर बजारमा बाढी आउँदा पनि मूल्य घट्ने यी हुन् ४ कम्पनी

  • प्रकाशित मिति : २०७८ असार २७, आईतवार
  • nepaltale.com

काठमाडौं। सेयर बजारमा उछाल आएको छ । करिब २२५ अंकको करेक्शनपछि गत बिहीबारदेखि उकालो लागेको बजारमा आज उछाल आएको हो ।

पछिल्लो दुई कारोबार दिनमै नेप्से करिब १०० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिक सवा ४ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज झन्डै दोब्बरले बढेर ८ अर्ब नाघेको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये २०२ कम्पनीको सेयर मूल्य बढेको छ । डिबेञ्चर र सामूहिक लगानी कोष बाहेक जम्मा ४ कम्पनीको मूल्य घटेको छ ।

उछाल आएको बजारमा आज राष्ट्रिय बीमा कम्पनीका प्रमोटर सेयरधनीले सबैभन्दा धेरै ४.३७ प्रतिशत गुमाएका छन् । यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंक ३.७५ प्रतिशत, ओरेन्टल होटल २.७० र अपर तामाकोशीको सेयर मूल्य ०.८६ प्रतिशतले घटेको छ ।