सर्वोच्चको फैसलापछि एमाले नेता योगेश भट्टराईले दिए यस्तो प्रतिक्रिया

  • Published Date : 2021-07-12
  • nepaltale.com

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि एमाले नेता योगेश भट्टराईले त्यसको स्वागत गरेका छन् ।

‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु’, उनले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्।



बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न पनि उनले आग्रह गरेका छन् । हिजो भएको १० बुँदे सहमतिलाई ईमन्दारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले सांसदभित्र र बाहिर पनि एक ढिक्का रहने उनले विश्वास व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको छ । इजलास शुरू हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचैजना न्यायाधीशको मत सुनाउँदै रिट निवेदनको पक्षमा आदेश जारी भएको बताएका हुन् ।

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।