सर्वोच्चको फैसलापछि कांग्रेसको यस्तो प्रतिक्रिया

  • Published Date : 2021-07-12
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको सामु इतिहास निर्माणको दायित्व रहेको बताएका छन् । सर्वोच्च अदालतको फैसलाबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले संवैधानिक इजलासको कदम विवेकपूर्ण रहेको बताएका हुन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला । लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम । केबल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा’, शर्माले लेखेका छन् ।



सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।

‘शेरबहादुर देउवासमेतका १४६ सांसदले गरेकाे दावी पुग्न नसक्ने भनि राष्ट्रपतिले गरेकाे निर्णय संवैधानिक भएको पाइएन । राष्ट्रपतिकाे निर्णय , संसद विघटन, सबै कामकारवाही उत्प्रेषणकाे आदेशले बदर गरिएको छ ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिकले इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिट बदर गरेको हो ।