देउवा सरकारमा भागबण्डा गर्न विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा,माधव नेपाल पनि जाने

  • Published Date : 2021-07-12
  • nepaltale.com

काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि गठबन्धनको बैठक आह्वान भएको छ । देउवाले साँझ पाँच बजे सिंहदरबारस्थित संसदीय दलमा गठबन्धनको बैठक बोलाएका नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

‘सभापति देउवाले पाँच बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक संसदीय दलको कार्यालयमा बोलाउनु भएको छ,’ खाणले नेपाल टेललाई भने ।



बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहितका नेताहरूलाई बोलाइएको छ ।

बैठकमा नेपाल पक्ष जाने कि नजाने अझै टुंगो लागेको छैन। आइतबार मात्रै नेकपा एमालेको कार्यदल बैठकले एमाले एक भएको सहमति गरेको छ। आजै ५ बजे एमाले अध्यक्ष ओलीले पनि पनि स्थायी कमिटीको बैठक बोलाएका छन्।